Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपाल क्यान्सर हस्पिटल तथा कोरियाको छोन्नम हस्पिटलबीच सहकार्य गर्ने विषयमा सम्झौता

नेपाल क्यान्सर हस्पिटल तथा कोरियाको छोन्नम हस्पिटलबीच सहकार्य गर्ने विषयमा सम्झौता

 ललितपुर : ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर र दक्षिण कोरियाको छोन्नम नेशनल यूनिभर्सिटी ह्वासुन हस्पिटलबीच क्यान्सर उपचार, रिसर्च,मानव संसाधन तथा शैक्षिक तालिमको आदानप्रदान लगायतका विविध विषयमा सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठ तथा कोरियाका छोन्नम हस्पिटलबाट आएका प्रतिनिधिले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौता पत्रमा दुई अस्पतालले आ आफ्नो देशमा भएको अनुभव, ज्ञान प्रविधि आदानप्रदान गर्ने तथा संयुक्त रुपमा क्यान्सर लगायतका अन्य मेडिकल विषयमा रिसर्च एवं कार्यक्रमहरु गर्ने उल्लेख छ।

दक्षिण कोरियाको उत्कृष्ट हस्पिटलमध्येको छोन्नम नेशनल यूनिभर्सिटी ह्वासुन हस्पिटलसँग सहकार्य गर्न पाउनु क्यान्सरका बिरामी र नेपाल क्यान्सर अस्पतालका लागि ठुलो अवसर भएको डा सुदिपले बताए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन