नेपाल स्वास्थ्यकर्मी संघको ७औँ महाधिवेशन शुरु, काे बन्ला नयाँ अध्यक्ष?
काठमाडौं : नेपाल स्वास्थ्यकर्मी संघको ७औँ महाधिवेशन शुरु भएको छ। शनिबारसम्म चल्ने महाधिवेशनमा नयाँ नेतृत्वका लागि धेरै आंकाक्षी देखिएका छन्।
संघको नयाँ नेतृत्वको लागि सहअध्यक्षहरू ओमप्रसाद उपाध्याय र कृष्ण नागिला मैदानमा छन्। वर्तमान अध्यक्ष रामजी घिमिरे पनि आकांक्षी छन्। संघका सल्लाहकार धनप्रसाद पौडेलको नाम पनि चर्चामा छ।
यस्तै, महासचिव पदमा लागि दीपक मुडभरी, दीपकराज भट्ट, नवराज श्रेष्ठ, देवराज लामिछाने, शंकर कँडेल र योगेन्द्र पञ्जियार मैदानमा छन्। मुडभरी वर्तमान कार्यसमितिका महासचिव हुन्।
अधिवेशनका लागि देशभरबाट ६५० प्रतिनिधि काठमाडौं आएका छन्। संघमा अहिले १८ हजारभन्दा बढी सदस्य रहेका छन्।
हरेक चार वर्षमा हुनुपर्ने संघको चुनाव दुई वर्ष ढिला गरी हुन लागेको हो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण