Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपाल स्वास्थ्यकर्मी संघको ७औँ महाधिवेशन शुरु, काे बन्ला नयाँ अध्यक्ष?

नेपाल स्वास्थ्यकर्मी संघको ७औँ महाधिवेशन शुरु, काे बन्ला नयाँ अध्यक्ष?

काठमाडौं : नेपाल स्वास्थ्यकर्मी संघको ७औँ महाधिवेशन शुरु भएको छ। शनिबारसम्म चल्ने महाधिवेशनमा नयाँ नेतृत्वका लागि धेरै आंकाक्षी देखिएका छन्।

संघको नयाँ नेतृत्वको लागि सहअध्यक्षहरू ओमप्रसाद उपाध्याय र कृष्ण नागिला मैदानमा छन्। वर्तमान अध्यक्ष रामजी घिमिरे पनि आकांक्षी छन्। संघका सल्लाहकार धनप्रसाद पौडेलको नाम पनि चर्चामा छ।

यस्तै, महासचिव पदमा लागि दीपक मुडभरी, दीपकराज भट्ट, नवराज श्रेष्ठ, देवराज लामिछाने, शंकर कँडेल र योगेन्द्र पञ्जियार मैदानमा छन्। मुडभरी वर्तमान कार्यसमितिका महासचिव हुन्।

अधिवेशनका लागि देशभरबाट ६५० प्रतिनिधि  काठमाडौं आएका छन्। संघमा अहिले १८ हजारभन्दा बढी सदस्य रहेका छन्।

हरेक चार वर्षमा हुनुपर्ने संघको चुनाव दुई वर्ष ढिला गरी हुन लागेको हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन