Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

खोटाङमा २६ हजारले गराए स्वास्थ्य बिमा

खोटाङमा २६ हजारले गराए स्वास्थ्य बिमा

खोटाङ : जिल्लामा स्वास्थ्य बिमा गर्नेको संख्या २६ हजार नाघेको छ। ०७४ पुस २४ मा शुरु भएको कार्यक्रममा असोज मसान्तसम्ममा १२ हजार एक सय ८६ परिवारका २६ हजार ४७ जनाले स्वास्थ्य बिमा गराएका छन्।

स्वास्थ्य बिमा गराउनेमा १२ हजार ७७७ पुरुष र १३ हजार २६८ महिला रहेको स्वास्थ्य बिमा बोर्ड खोटाङले जनाएकाे छ। कुनै पनि नागरिकले उपचार खर्च अभावमा अकालमा ज्यान गुमाउन नपरोस् भनेर सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम जिल्लाका १० वटै स्थानीय तहमा सञ्चालन भएको छ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको जनसंख्या दुई लाख छ हजार ३१२ रहेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार