खोटाङमा २६ हजारले गराए स्वास्थ्य बिमा
खोटाङ : जिल्लामा स्वास्थ्य बिमा गर्नेको संख्या २६ हजार नाघेको छ। ०७४ पुस २४ मा शुरु भएको कार्यक्रममा असोज मसान्तसम्ममा १२ हजार एक सय ८६ परिवारका २६ हजार ४७ जनाले स्वास्थ्य बिमा गराएका छन्।
स्वास्थ्य बिमा गराउनेमा १२ हजार ७७७ पुरुष र १३ हजार २६८ महिला रहेको स्वास्थ्य बिमा बोर्ड खोटाङले जनाएकाे छ। कुनै पनि नागरिकले उपचार खर्च अभावमा अकालमा ज्यान गुमाउन नपरोस् भनेर सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम जिल्लाका १० वटै स्थानीय तहमा सञ्चालन भएको छ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको जनसंख्या दुई लाख छ हजार ३१२ रहेको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा