सिसडोलका स्थानीयवासीलाई स्वास्थ्य बिमा
काठमाडौँ : महानगरपालिकाले सिसडोलका स्थानीय बासिन्दालाई स्वास्थ्य बिमा गरिदिने भएको छ।
महानगरपालिकाले विगत १३ वर्षदेखि सिसडोलमा फोहर थुपार्दै आएको छ। लामो समय फोहर थुपार्दा स्थानीयवासीलाई समस्या परेको भन्दै बिमा गर्ने तयारी गरेको हो। सिसडाेलका बासिन्दाका लागि महानगरपालिकाले कृषि र पशु बिमा पनि गरिदिने भएकाे छ।
बिमाका लागि अहिले कति प्रभावित भएका छन् भनी नामावली सङ्कलन गर्ने कार्य भइरहेको छ। नामावली सकिएपछि बिमाको कार्य शुरु गर्ने कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए।
कामपाले दुई वर्षका लागि भन्दै लामो समयसम्म फोहर थुपार्दा स्थानीयवासी निकै प्रभावित भएका थिए। दीर्घकालीन फोहर व्यवस्थापन गर्नका लागि सिसडोलभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा फोहर विसर्जनस्थल निर्माणकार्य भइरहेको छ।
सिसडोलमा काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ। उपत्यकाबाट दैनिक करीब एक हजार मेट्रिक टन फोहर निस्कन्छ। काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ।
शहरी विकास मन्त्रालयले बञ्चरेडाँडामा दीर्घकालीन फोहर संकलन केन्द्र निर्माणको काम पनि तीव्ररूपमा अघि बढेको जनाएको छ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त