Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सिसडोलका स्थानीयवासीलाई स्वास्थ्य बिमा

सिसडोलका स्थानीयवासीलाई स्वास्थ्य बिमा

काठमाडौँ : महानगरपालिकाले सिसडोलका स्थानीय बासिन्दालाई स्वास्थ्य बिमा गरिदिने भएको छ।

महानगरपालिकाले विगत १३ वर्षदेखि सिसडोलमा फोहर थुपार्दै आएको छ। लामो समय फोहर थुपार्दा स्थानीयवासीलाई समस्या परेको भन्दै बिमा गर्ने तयारी गरेको हो। सिसडाेलका बासिन्दाका लागि महानगरपालिकाले कृषि र पशु बिमा पनि गरिदिने भएकाे छ।

बिमाका लागि अहिले कति प्रभावित भएका छन् भनी नामावली सङ्कलन गर्ने कार्य भइरहेको छ। नामावली सकिएपछि बिमाको कार्य शुरु गर्ने कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए।

कामपाले दुई वर्षका लागि भन्दै लामो समयसम्म फोहर थुपार्दा स्थानीयवासी निकै प्रभावित भएका थिए। दीर्घकालीन फोहर व्यवस्थापन गर्नका लागि सिसडोलभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा फोहर विसर्जनस्थल निर्माणकार्य भइरहेको छ।

सिसडोलमा काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ। उपत्यकाबाट दैनिक करीब एक हजार मेट्रिक टन फोहर निस्कन्छ। काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ।

शहरी विकास मन्त्रालयले बञ्चरेडाँडामा दीर्घकालीन फोहर संकलन केन्द्र निर्माणको काम पनि तीव्ररूपमा अघि बढेको जनाएको छ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार