मिर्गौलाराेगी बालक श्रेष्ठलाई जापानबाट सहयाेग
काठमाडौं : दुवै मिर्गौला काम नलाग्ने भएका गुल्मीको तम्घास–८ का १५ वर्षीय अनमोल श्रेष्ठलाई जापानमा रहेका प्रवासी नेपालीहरूले आर्थिक सहयोग गरेका छन्।
मिर्गौलाराेगी बालक श्रेष्ठको उपचारका लागि जापानमा रहेका नेपालीहरूबाट संकलित २ लाख ४१ हजार ७ सय ७५ रुपैयाँ रकम बिहीवार तम्घासमा हस्तातरण गरिएको हो।
जापानबाट आएका लालबहादुर कार्की, गोविन्द पाण्डे, प्रवीन कार्की लगायतको टोलीले पीडित बालककी हजुरआमा मायादेवी शाक्यलाई नगद रकम हस्तातरण गरे।
रेसुङ्गा माध्यमिक विद्यालयबाट एसईई परीक्षा दिएका श्रेष्ठ केही महिनादेखि दुवै मिर्गौला काम नलाग्ने भएर काठमाडौंमा उपचार गराइरहेका छन्।
उपचार गर्न धेरै रकम लाग्ने भएपछि पीडितको उनको परिवारले सहयोगको अपिल गरेका थिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण