Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मिर्गौलाराेगी बालक श्रेष्ठलाई जापानबाट सहयाेग

मिर्गौलाराेगी बालक श्रेष्ठलाई  जापानबाट सहयाेग

काठमाडौं : दुवै मिर्गौला काम नलाग्ने भएका गुल्मीको तम्घास–८ का १५ वर्षीय अनमोल श्रेष्ठलाई जापानमा रहेका प्रवासी नेपालीहरूले आर्थिक सहयोग गरेका छन्।

मिर्गौलाराेगी बालक श्रेष्ठको उपचारका लागि जापानमा रहेका नेपालीहरूबाट संकलित २ लाख ४१ हजार ७ सय ७५ रुपैयाँ रकम बिहीवार तम्घासमा हस्तातरण गरिएको हो।

जापानबाट आएका लालबहादुर कार्की, गोविन्द पाण्डे, प्रवीन कार्की लगायतको टोलीले पीडित बालककी हजुरआमा मायादेवी शाक्यलाई  नगद रकम हस्तातरण गरे।

रेसुङ्गा माध्यमिक विद्यालयबाट एसईई परीक्षा दिएका श्रेष्ठ केही महिनादेखि  दुवै मिर्गौला काम नलाग्ने भएर काठमाडौंमा उपचार गराइरहेका छन्।

उपचार गर्न धेरै रकम लाग्ने भएपछि पीडितको उनको परिवारले सहयोगको अपिल गरेका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार