Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

राजधानीमा वायु प्रदूषण फैलिएपछि श्रील‌ंकाले गुहार्यो डब्लुएचओ

राजधानीमा वायु प्रदूषण फैलिएपछि श्रील‌ंकाले गुहार्यो डब्लुएचओ

श्रील‌ंकाको राज्य सञ्चालित केन्द्रीय वातावरण प्राधिकरणले राजधानी कोलम्बोलगायत स्थानमा अनपेक्षित प्रदूषण बढ्नुको कारण पत्ता लगाउन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई आग्रह गरेको छ।

मंगलबारदेखि श्रीलंकाको वातावरणमा एक्कासी अत्यधिक धुलोका कण (वायु प्रदूषण) वृद्धि भएको भन्दै बिहीबार पत्राचारमार्फत आफूहरूले श्रील‌ंकाको मौसम विज्ञान विभाग तथा डब्लुएचओलाई प्राधिकरणका उपमहानिर्देशक के एच एम आराच्चीले जानकारी गराए।

बुधबार मध्याह्न श्रील‌ंकाको वायुको गुणात्मक अवस्था (एक्यूआई) प्रदूषणको घेराभन्दा माथि अर्थात् ११२ अङ्कमा पुगेको राष्ट्रिय भवन तथा अनुसन्धान संगठन (एनबीआरओ)ले देखाएको थियो।

एनबीआरओका वातावरण अध्ययन एकाइका वरिष्ठ वैज्ञानिक सारथ प्रेमसिरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले मुलुकका कैयौँ भागमा एक्यूआईको तह १७३ अङ्कभन्दा माथि पुगेको र मध्याह्न १६५ मा झरेको समाचार संप्रेषण गरेका थिए। एक्यूआई सामान्य रहँदा उक्त घेरा ५० अङ्कभन्दा तल रहन्छ।

भारतको नयाँदिल्लीमा बढेको वायु प्रदूषणको प्रभाव श्रील‌ंकामा परेको हुनसक्ने भए पनि एक्कासी देखिएको प्रदूषण अनुसन्धानको विषय हुनुपर्ने र कारणहरू खोजी भइरहेका प्रेमसिरीले बताए।

थप समाचार