Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘सरकारी कोटामा पढेका डाक्टरलाई दुई वर्षमात्र सरकारी सेवामा लगाउनू’

‘सरकारी कोटामा पढेका डाक्टरलाई दुई वर्षमात्र सरकारी सेवामा लगाउनू’

काठमाडौं : सर्वोच्च अदालतले सरकारी कोटामा एमबीबीएस पढेका डाक्टरहरूलाई दुई वर्षमात्र सरकारी अस्पतालमा सेवा गर्न लगाउन आदेश दिएको छ।

ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐनमा सरकारी कोटामा एमबीबीएस पढेकाहरूका लागि चार वर्ष सेवा गर्नुपर्ने व्यवस्था थियो। त्यो व्यवस्था खारेज गर्न माग गर्दै डाक्टर उज्वल पौडेल लगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

उनको रिटमा सुनुवाइ गर्दै बुधबार न्यायाधीश बमकुमार श्रेष्ठले यसअघिको सर्वोच्च अदालतकै फैसलालाई आधार मान्दै दुई वर्षमात्र सेवा गरे पुग्ने गरी अन्तरिम आदेश दिएको हो।

सर्वोच्चले यसअघि २०७३ साल भदौ ५ गते सरकारी कोटामा पढेका विद्यार्थीले दुई वर्ष सरकारी अस्पतालमै सेवा गर्नुपर्ने गरी फैसला गरेको थियो।

शिक्षा मन्त्रालय आफूले छात्रवृत्ति दिएर पढाएका विद्यार्थीलाई दुई वर्ष सेवा गरे पुग्ने नियम बनाएको छ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार