Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मिर्गौलापीडितलाई डेढ लाख सहयोग

मिर्गौलापीडितलाई डेढ लाख सहयोग

तनहुँ : दुवै मिर्गौला फेल भई काठमाडौँमा उपचार गराइरहेका म्याग्दे गाउँपालिका–४ थर्पुका सोमनारायण श्रेष्ठलाई देउसीभैलोबाट संकलित एक लाख ५५ हजार रुपैयाँ सहयोग गरिएको छ।

तिहारको अवसरमा तीनकुने टोलले देउसीभैलो खेलेर संकलन गरेको उक्त रकम श्रेष्ठको उपचारका लागि प्रदान गरिएको हो। मिर्गौलापीडित श्रेष्ठको उपचारार्थ सहयोग गर्ने उद्देश्यले खेलिएको देउसीभैलोबाट संकलित रकम श्रेष्ठका श्रीमती सरस्वती श्रेष्ठलाई प्रदान गरिएको संयोजक सुजन श्रेष्ठले जानकारी दिए।

‘आफ्नो गाउँ–ठाउँको व्यक्तिलाई परेको पीडामा साथ दिन केही सहयोग संकलन गर्न सफल भएका छौँ’, श्रेष्ठले भने, ‘यो रकमले पीडितको उपचारमा केही भए पनि सहयोग पुग्नेछ।’

मिर्गौलापीडितका श्रीमती सरस्वतीले घरको अवस्था कमजोर रहेकाले श्रीमानकाे उपचारका लागि कठिनाइ भइरहेको जानकारी दिए। उनका अनुसार छ महिनाअघि मिर्गौला फेल भएर डायलासिस गराइरहेका श्रेष्ठको मष्तिकमा पनि समस्या देखिएपछि शल्यक्रिया गरिएको छ । हाल काठमाडौँस्थित सुमेरु अस्पतालमा उनकाे उपचार भइरहेको छ।

श्रेष्ठको आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा सहयोग पुर्याउने उद्देश्यले नेवाःखलको सक्रियतामा पनि रकम संकलन अभियान सञ्चालन भइरहेको संस्थाका निवर्तमान अध्यक्ष भीमलाल श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार पहिलो चरणमा संकलन भएको तीन लाख २३ हजार रूपैयाँ यसअघि नै प्रदान गरिसकिएको छ। थर्पुस्थित मीन माध्यमिक विद्यालयका सहायक कर्मचारी श्रेष्ठलाई कल्याणकारी कोषमार्फत पनि ५२ हजार रूपैयाँ प्रदान गरिसकिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार