Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गायक शर्माका छोराको उपचारका लागि साहित्यकारको सहयोग

गायक शर्माका छोराको उपचारका लागि साहित्यकारको सहयोग

काठमाडौं : जनगायक जीवन शर्माका छोराको उपचारका लागि जिल्लाका साहित्यकारहरूले आर्थिक सहयोग गरेका छन्।

प्रगतिशील लेखक संघ र शुक्ला साहित्य संगम तनहुँको पहलमा शर्माका छोरा अर्जुन शर्माको उपचारका लागि ४२ हजार ४० रूपैयाँ सहयोग गरिएको हो।

घाँटीको नलीमा जटिल समस्या देखिएर त्रिवि शिक्षण अस्पतालमा उपचाररत शर्माको सहयोगार्थ सञ्चालन गरिएको सहयोग अभियानबाट सङ्कलित उक्त रकम बुधबार ग्लोबल आइएमई बैंकमा रहेको अर्जुनको खातामा पठाइएको प्रगतिशील लेखक सङ्घ तनहुँका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए। ‘शर्मा परिवारमा परेको पीडामा साथ दिन सहयोग अभियान सञ्चालन गरेका थियौँ’, श्रेष्ठले भने, ‘दुवै संस्थामा आबद्ध तथा अन्य केही व्यक्तिहरूले स्वतस्फूर्त रूपमा सहयोग प्रदान गर्नुभयो।’

श्रेष्ठका अनुसार संघमार्फत २७ हजार ४९० रूपैयाँ  र सङ्गममार्फत १४ हजार ५५० रूपैयाँ सहयोग संकलन भएको थियो। शर्माको उपचारका लागि अमेरिकाबाट पनि ११ हजार २३५ रूपैयाँ प्राप्त भएको छ। त्यस्तै दुवै संस्थाका पदाधिकारी र सदस्यले पनि सहयोग गरेका छन्।

केही दिनअघि मात्रै सांसद कृष्णकुमार श्रेष्ठले आफूले प्राप्त गर्ने पारिश्रमिकवापतको ५० हजार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य एवं संसदीय दलकी सचेतक शान्ता चौधरी र नेतृ भगवती न्यौपानेको पहलमा ६० हजार रूपैयाँ प्रदान गरिएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार