Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डेंगु नियन्त्रणका लागि मेसिन हस्तान्तरण

डेंगु नियन्त्रणका लागि मेसिन हस्तान्तरण

खस्यौली : कोरियाली संस्थाले लामखुट्टे र भुसुनालगायतका कीटाणु नष्ट गर्ने ‘फग मेसिन’ प्रदेश ५ सरकारलाई उपलब्ध गराएको छ।

कोरियन क्रुपी फाण्डेसनका अध्यक्ष ली साङ हुनले आज सो प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई मेसिन हस्तान्तरण गरेका हुन्।

फाउण्डेसनले ४५ लाख मूल्य बराबरका ३० थान मेशिन प्रदेश सरकारलाई उपलब्ध गराएको हो। प्रति मेशिनको मूल्य एक लाख ५० हजार रुपैयाँ परेको बताइएको छ। यो मेसिनबाट डेंगु नियन्त्रणमा आउने विश्वास गरिएको छ।

त्यस्तै फाउण्डेसनले डब्लुएचओबाट प्रमाणीकरण भएको एक लाख मूल्य बराबरको औषधि पनि प्रदेश सरकारलाई उपलब्ध गराएको छ। सो संस्थाले गत वर्ष विराटनगरमा पनि मेसिन र औषधि वितरण गरेको थियो।

यो वर्ष काठमाडौंमा पनि महानगरपालिकाको स्वीकृतिमा सम्बन्धित संस्थाले औषधि छर्किने कार्य गरेको बताइएको छ । त्यस्तै रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाको भैरहवा र सुनौलीमा पनि सम्बन्धित संस्थाले औषधि छर्किने छ।

रूपन्देहीमा यो वर्ष डे‌ंगुबाट मात्रै तीन जनाको मृत्यु भएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार