मेडिकल कलेजका विद्यार्थीद्धारा माइतीघरमा प्रदर्शन
काठमाडौं : मेडिकल विद्यार्थीहरुले मंगलबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । मेडिकल कलेजहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन्।
मेडिकल कलेजहरुले लिएको बढी शुल्क तुरुन्त फिर्ता गर्नुपर्ने माग राख्दै उनीहरु लगातार आन्दोलनमा छन्। कलेज संचालकले शुल्क फिर्ता गर्नुको सट्टा उल्टै डर, त्रास भय देखाई आन्दोलन दमन गर्न खोजेको उनीहरुको भनाई छ ।
शान्तिपूर्ण आन्दोलनमा दमन गरेको भन्दै देशभरका मेडिकल कलेजका विद्यार्थीहरु यतिखेर काठमाडौं आएका हुन्। अबको आन्दोलन काठमाडौं केन्द्रित हुने र माग पूरा नभए सम्म जारी रहने पनि उनीहरुले जनाएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा