Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मेडिकल कलेजका विद्यार्थीद्धारा माइतीघरमा प्रदर्शन

मेडिकल कलेजका विद्यार्थीद्धारा माइतीघरमा प्रदर्शन

काठमाडौं : मेडिकल विद्यार्थीहरुले मंगलबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । मेडिकल कलेजहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन्।

मेडिकल कलेजहरुले लिएको बढी शुल्क तुरुन्त फिर्ता गर्नुपर्ने माग राख्दै उनीहरु लगातार आन्दोलनमा छन्। कलेज संचालकले शुल्क फिर्ता गर्नुको सट्टा उल्टै डर, त्रास भय देखाई आन्दोलन दमन गर्न खोजेको उनीहरुको भनाई छ ।

शान्तिपूर्ण आन्दोलनमा दमन गरेको भन्दै देशभरका मेडिकल कलेजका विद्यार्थीहरु यतिखेर काठमाडौं आएका हुन्। अबको आन्दोलन काठमाडौं केन्द्रित हुने र माग पूरा नभए सम्म जारी रहने पनि उनीहरुले जनाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार