Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बुटवलमा बन्दै सामुदायिक मुटु अस्पताल

बुटवलमा बन्दै सामुदायिक मुटु अस्पताल

बुटवल : बुटवल उपमहानगरपालिका–१३ बेलबासमा सामुदायिक मुटु अस्पताल निर्माण हुने भएको छ।

लायन्स क्लब अफ बुटवल बेलबासले तिहारमा देउसी भैलो खेलेर संकलन गरेको करिब पाँच करोड रूपैयाँ र शेयर सदस्यबाट १० करोड  रूपैयाँ उठाएर लुम्बिनी सामुदायिक मुटु अस्पताल बनाउन लागिएको हो।

तिनाउ नदी पश्चिम क्षेत्रमा मुटु अस्पतालकोे आवश्यकता महसुश भएपछि त्यसको तयारी गरिएको क्लबका अध्यक्ष लक्ष्मण खड्काले जानकारी दिए। अस्पताल बनाउन खेलिएको देउँसी भैलोबाट ५ करोड रूपैयाँ संकलन गरिएको उनले जानकारी दिए।

अस्पताल बुटवल–१३ बेलबासको १० नम्बर टोलमा बन्ने बताइएको छ। बुटवलमा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल पनि सञ्चालनमा छ। अस्पतालका लागि बुटवल उप–महानगरपालिकासँग जग्गा उपलब्ध गराउन अनुरोध गर्ने अध्यक्ष खड्काले बताए।

२५ शय्याको उक्त अस्पतालमा ‘आईसीयु’ र ‘सीसीयू’सहितका कक्ष हुनेछ । अस्पताल बनाउन आफूहरूले महाअभियान नै शुरू गरेको जनप्रतिनिधि तथा क्लबका सचिव वेदप्रसाद गैरेले बताए। क्लबका द्वितीय उपाध्यक्ष डीबी खत्रीले अस्पतालको लगानी  २० करोड रूपैयाँ हुने बताए।

१० करोड रुपैयाँ आफूहरूले संकलन गर्ने र अस्पतालका उपकरण लायन्स क्लब अफ इन्टरनेसनलबाट ल्याउने सहमति भइसकेको उनले जानकारी दिए। लायन्स क्लब अफ इन्टरनेसनलले ६ करोड रुपैयाँका उपकरण दिने बताइएको छ। अस्पतालका लागि भन्दै देउसी भैलोमा बुटवल–१३ का डण्डपानी खनालले तीन लाख तीन हजार ३३३ रुपैयाँ दान दिए।

त्यस्तै कृष्ण लम्सालले दुई लाख ५५ हजार ५५५ दिएका थिए। अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने अस्पताल निर्माणका अभियन्ता डण्डपानी खनालले बताए। क्लबले एक हजार संस्थापक सदस्य बनाएर १० करोड रूपैयाा संकलन गर्ने लक्ष्य लिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार