Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोवाङमा बन्याे स्वास्थ्यचौकी भवन

कोवाङमा बन्याे स्वास्थ्यचौकी भवन

मुस्ताङ : थासाङ गाउँपालिका–२ कोवाङमा स्वास्थ्यचौकी भवन निर्माण भएको छ। शहरी विकास मन्त्रालय अन्तर्गतको संघीय आयोजना कार्यान्वयन एकाइ कास्कीले दुई तले १४ कोठे पक्की भवन निर्माण गरेको हो।

दुई वर्षअघि तत्कालीन शहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङले भवन निर्माणका लागि महादेवी–नाना जेभीसँग ठेक्का सम्झौता गरेको थियाे।

सङ्घीयता कार्यान्वयनसँगै डिभिजन खारेज भएपछि पोखराको कार्यालयमा यो आयोजना हस्तान्तरण भएको थियो। एक करोड ४३ लाख रूपैयाँ लागत अनुमान गरिएको भवन बनाउन एक करोड १० लाख रूपैयाँमा ठेक्का सम्झौता भएको थियो। भवनको भुइँतलामा बिरामी उपचार, औषधि भण्डारण, प्रसूति, स्वास्थ्य परीक्षण, प्रशासनिक र सहायता कक्षका लागि आठ कोठा छन्।

माथिल्लो तलामा दुई परिवार स्वास्थ्यकर्मीको आवासका लागि छ वटा कोठा छन् । सुविधासम्पन्न भवन निर्माण भएपछि सेवा प्रवाह सहज भएको छ। यसअघि चौकीको भवन पुरानो र जीर्ण बनेकाले नयाँ बनाइएको हो। भवन बनाउन स्थानीयवासीले पाँच रोपनी जग्गा व्यवस्था गरेका थिए।

नवनिर्मीत भवन सोमबार स्वास्थ्यचौकी व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको महादेव निर्माण सेवाका सञ्चालक कृष्णकुमार शेरचनले बताए। संघीय आयोजना कार्यान्वयन एकाइ कास्कीका इञ्जिनीयर सुशील आचार्यले स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष नरप्रसाद हिराचनलाई भवन हस्तान्तरण गरेका हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार