साढे तीन महिनामा एक हजार २७१ जनालाई ‘स्क्रब टाइफस’
काठमाडौं : साढे तीन महिना अवधिमा मुलुकभर एक हजार २७१ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले साउन १ गतदेखि कात्तिक १७ गतेसम्मको तथ्यांक साेमबारसार्वजनिक गर्दै यस्ताे जानकारी दिएकाे हो।
सार्वजनिक तथ्यांकअनुसार मुलुकका ६३ वटा जिल्लामा स्क्रब टाइफसको संक्रमण फैलिएको छ। प्रदेश १ मा ५७ जना, प्रदेश २ मा २२, प्रदेश ३ मा ३७८ र गण्डकी प्रदेशमा ७६ जना संक्रमित भएका छन्। यस्तै प्रदेश ५ मा ४६७ जना, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा २५५ जना संक्रमित भएका छन्।
सबैभन्दा बढी प्रदेश ५ को रूपन्देहीमा १२९ जना संक्रमित भएका छन्।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा