Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मेडिकल कलेजको शुल्क विवादलाई लिएर काउन्सिलले छानबिन समिति बनाउने

मेडिकल कलेजको शुल्क विवादलाई लिएर काउन्सिलले छानबिन समिति बनाउने

काठमाडौं:  नेपाल मेडिकल काउन्सिलले मेडिकल कलेजमा देखिएको शुल्क विवाद सम्बन्धमा छानविन समिति बनाउने भएको छ ।

सोमबार काउन्सिलले मेडिकल कलेजमा भइरहेको शोषण र कलेजले लिएको बढी शुल्क फिर्ता लगायतका घटनामा ध्यानाकर्षण गर्दै विज्ञप्ति जारी गरेको हो। योसँगै काउन्सिलले मेडिकल कलेजहरुमा स्थलगत अनुगमन गर्ने र दोषी देखिएमा कारवाही गर्न चिकित्सा शिक्षा आयोगलाई लेखी पठाउने निर्णय समेत गरेको विज्ञप्तिमा उल्लेख छ।

आफूहरुबाट लिएको बढी शुल्क फिर्ताकाे माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका विद्यार्थीलाई कुटपीट गर्ने,  डर, त्रास र धम्की देखाउने लगायतका विषयमा काउन्सिलले सम्बन्धित मेडिकल कलेजका सञ्चालक एवं पदाधिकारीसँग छलफल गरी कारबाही प्रक्रिया अगाडि बढाउन पनि आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार