नेकपाका नेता सुवेदीलाई हृदयाघात
काठमाडौं : हृदयाघात भएपछि नेकपाका नेता झक्कुप्रसाद सुवेदीलाई नर्भिक अस्पतालमा उपचार गरिएको छ।
सोमबार काठमाडौंबाट दाङ जाँदै गरेका सुवेदीलाई थानकोट नपुग्दै हृदयाघात भएको थियो। उनी गाडीभित्रै बेहोस भएका थिए। त्यसपछि गाडी फर्काएर नर्भिक अस्पताल ल्याएर उपचार गरिएको उनका ज्वाइँ मधु उप्रेतीले जानकारी दिए।
चिकित्सकहरूले सुवेदीलाई ‘मेजर हर्ट अट्याक’ भएको जनाएका छन्। सुवेदीको मुटुको दायातर्फको भल्भ पूर्णरूपमा बन्द भएको थियो । सोमबार दिउँसो नै उनको शल्यक्रिया गरिएको छ। अहिले उनको आईसीयू उपचार भइरहेको छ।
२०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट काठमाडौं क्षेत्र नं. २ मा तत्कालीन एमाले नेता माधव नेपाललाई हराएर सुवेदी चर्चामा आएका थिए।
प्रतिनिधिसभा सदस्य पदकाे निर्वाचनमा भने उनी कांग्रेसका भीमसेनदास प्रधानसँग पराजित भएका थिए।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त