Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेकपाका नेता सुवेदीलाई हृदयाघात

नेकपाका नेता सुवेदीलाई हृदयाघात

काठमाडौं :  हृदयाघात भएपछि नेकपाका नेता झक्कुप्रसाद सुवेदीलाई नर्भिक अस्पतालमा उपचार गरिएको छ।

सोमबार काठमाडौंबाट दाङ जाँदै गरेका सुवेदीलाई थानकोट नपुग्दै हृदयाघात भएको थियो। उनी गाडीभित्रै बेहोस भएका थिए। त्यसपछि गाडी फर्काएर नर्भिक अस्पताल ल्याएर उपचार गरिएको उनका ज्वाइँ मधु उप्रेतीले जानकारी दिए।

चिकित्सकहरूले सुवेदीलाई ‘मेजर हर्ट अट्याक’ भएको जनाएका छन्। सुवेदीको मुटुको दायातर्फको भल्भ पूर्णरूपमा बन्द भएको थियो । सोमबार दिउँसो नै उनको शल्यक्रिया गरिएको छ। अहिले उनको आईसीयू उपचार भइरहेको छ।

२०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट काठमाडौं क्षेत्र नं. २ मा तत्कालीन एमाले नेता माधव नेपाललाई हराएर सुवेदी चर्चामा आएका थिए।

प्रतिनिधिसभा सदस्य पदकाे निर्वाचनमा भने उनी कांग्रेसका भीमसेनदास प्रधानसँग पराजित भएका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार