नगरपालिकाभरका विद्यालयमा सेनेटरी प्याड निःशुल्क
सल्यान : शारदा नगरपालिकाले छात्राहरूलाई निःशुल्क सेनेटरी प्याड वितरण गरेको छ। महिनावारी भएको समयमा पनि विद्यालयमा छात्राहरू नियमित गराउन नगरपालिकाले सेनेटरी प्याड वितरण गरेको हाे।
महिनावारी भएको बेला छात्राहरु विद्यालय आउन गाह्रो मान्ने गरेकाले नगरभित्रका सबै माध्यमिक विद्यालयहरुमा सेनेटरी प्याड वितरण गरिएको नगरप्रमुख सुरेश अधिकारीले जानकारी दिए।
शिवजन माविका ६०० छात्रासहित नगरभित्रका ३५ वटा विद्यालयका करिब एक हजार ८०० छात्रालाई निःशुल्क रूपमा सेनेटरी प्याड वितरण गरिएको छ।
घरमा महिनावारी भए विद्यालय नआउने, विद्यालयमा भए बीचैमा कक्षा छोडेर जाने समस्या खेप्दै आएकाले अब यो समस्या हट्ने विश्वास लिएको शिवजन माविका प्रधानाध्यापक हिरालाल नेपालीले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण