अनशन बस्न डडेल्धुरा पुगे डा. केसी
काठमाडौं: चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै पटकपटक अनशन बस्दै आएका डा गोबिन्द केसी आज पुन १७ औं अनशन बस्दै छन् ।
त्रिवि शिक्षण अस्पतालबाट तीन साता अघि मात्र अवकास पाएका डा केसीले यसपटक डडेल्धुराबाट अनशन शुरु गर्ने बताएका छन्। हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै डा केसीले भने, ‘मेरो १७ औं अनशन डडेल्धुराबाट शुरु गर्दैछु । भर्खर डडेल्धुरा आइपुगें यहींबाट अनशन शुरु गर्छु । कुन ठाउँमा बस्ने भन्ने कुरा चाहिं टुंगो लागेको छैन।’
उनले थपे,’आज साँझ सम्म सरकारलाई अल्टिमेटम भएकाले साँझसम्म पनि मागहरु सम्बोधन नभए यहींबाट मेरो सत्याग्रह शुरु हुन्छ।’
यसपटक उनले नेपालका सबै निजी मेडिकल कलेजले अवैधरुपमा असूल गरेको रकम फिर्ता गरिनुपर्ने, नेताहरु उपचारका लागि सरकारी खर्चमा विदेश जान रोक्नुपर्ने, विभिन्न आयोगले दोषी ठहर्याएकालाई कारवाही हुनुपर्ने लगायतका मागहरु राखेका छन्।
यसअघि उनी १६ औं चरणको अनशन इलाममा बसेका थिए।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त