सवारी दुर्घटनामा डाक्टर र नर्सकाे मृत्यु
काठमाडौं : कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगामा सडक दुर्घटनामा एक डाक्टर र एक नर्सको मृत्यु भएको छ।
सोमबार बिहान बुढीगंगा गाउँपालिका–१ मा को १ ख ७२३२ नम्बरको बसले ठक्कर दिँदा को २७ प १०२२ नम्बरको मोटरसाइकलमा सवार डाक्टर शुभलाल माझी र नर्स अञ्जलीकुमारी माझीको ज्यान भएको हो।
बुढीगंगा गाउँपालिका–५ का ५२ वर्षीय शुभलाल र २६ वर्षीया अञ्जली बाबुछोरी भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठलाई उद्धृत गर्दै आवर विराटनगर नेटले जनाएको छ।
शुभलाल नेत्ररोग विशेषज्ञ र छोरी अञ्जलीकुमारी विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिस्ट अस्पतालकी नर्स हुन्।
दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवैजनाको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो। ठक्कर दिने बसका चालक सिरहाको धनगढी १२ का ३४ वर्षीय सन्दीप खत्रीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित