Health TV Online
Health TV Online
Health TV Online

कावासोतीमा रक्तसञ्चार केन्द्र स्थापना

कावासोतीमा रक्तसञ्चार केन्द्र स्थापना

नवलपरासी : पूर्व नवलपरासीको कावासोतीमा रक्तसञ्चार केन्द्र स्थापना गरिएको छ। उपचारको समयमा रगतको अभाव नहोस् भन्ने उद्देश्यले नेपाल रेडक्रस उपशाखा कावासोतीले जिल्लामा नै पहिलोपटक रक्तसञ्चार केन्द्र स्थापना गरेको हो।

‘हिल्फे बेलिङ्ग्रिस ई भी जर्मनी’को ४६ लाख रूपैयाँ सहयोगमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको उपशाखाका सभापति वेदप्रसाद न्यौपानेले जानकारी दिए। २०० युनिट रगत संकलन गर्न सकिने गरी ‘डी’ समूहको रक्त सञ्चार केन्द्र स्थापना गरिएको सभापति न्यौपानेले बताए।

रक्त सञ्चार केन्द्र सञ्चालन गर्न तत्कालका लागि प्राविधिक सहयोग क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरले गर्नेछ। केही समयपछि स्थानीय स्तरबाट नै प्राविधिक उत्पादन गर्ने गरी तालिम प्रदान गरिने सभापति न्यौपानेले जानकारी दिए।

रक्त सञ्चार स्थापना भएसँगै नवलपरासीपूर्व नवलपुरमा रगत आवश्यक पर्ने बिरामीलाई यहीबाट रगत उपलब्ध हुनेछ। नवलपुरमा दुर्घटनाका घटना धेरै हुने गरेकाले त्यस्ता बिरामीको उपचारका लागि आवश्यक पर्ने रगत तत्काल प्रदान गर्न सकिने छ।

जिल्लामा रक्त सञ्चार केन्द्र स्थापना भए पनि यहाँ रहेका अस्पतालमा संकलित रगत खपत हुने अवस्था नरहेकाले क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरमार्फत चितवनमा रगत पठाइने उनले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार