धुलिखेल अस्पताल पुगेर देउवाले भेटे बस दुर्घटनाका घाइतेलाई
काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सुकुटे बस दुर्घटनाका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
सोमबार बिहान धुलिखेल अस्पताल पुगेर सभापति देउवाले त्यहाँ उपचाररत घाइतेहरूलाई भेटेर उपचारमा पार्टीको तर्फबाट पूर्ण सहयोग हुने आश्वासन दिए। उनले अस्पतालका चिकित्सकलाई समेत उपचारमा कुनै कमी हुन नदिन आग्रह गरे।
धुलिखेलअस्पतालमा सुकुटे दुर्घटनाका करिब ४० घाइते उपचाररत छन्। सभापति देउवासँगै पूर्वमन्त्री एवं कांग्रेसका नेता मोहनबहादुर बस्नेतलगायत स्थानीय नेता अस्पताल पुगेका थिए।
अरनिको राजमार्गअन्तर्गत सुकुटेमा आइतबार बस दुर्घटनामा १७ जनाको मृत्यु भएको थियो अन्य यात्रु घाइते भएका थिए। दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा२ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण