योग शिक्षकहरूमा ‘कम्मर दुख्ने समस्या’
लचिलोपन र शारीरिक सन्तुलन लगायतका फाइदाका साथै आध्यात्मिक पाटाका कारण विश्वभर लाखौँले योग अभ्यास गर्छन्। यसको अर्थ हो धेरै भन्दा धेरै योग शिक्षकहरूको आवश्यकता।
तर योग शिक्षकहरूले आफ्नो कम्मरलाई जोखिममा पारेको हुनसक्ने चेतावनी एकजना चिकित्सकले दिएका छन्।
यूकेका एक जना फिजियोथेरापिस्ट बेनोइ म्याथ्युजले आफूले योग शिक्षकहरूमा कम्मरको गम्भीर समस्या देखेको र त्यस्तो हुनेको सङ्ख्या बढ्दै गएको बताएका छन्।
शरीरलाई अत्यधिक बल दिएका कारण ती मध्ये धेरैको शल्यक्रिया समेत गर्नुपर्ने हुन सक्ने उनी बताउँछन्।
कम्मर र घुँडासम्बन्धी मामिलाका विशेषज्ञ तथा चार्टर्ड सोसाइटी अफ फिजियोथेरापिस्टका सदस्य समेत रहेका म्याथ्युजले आफूले प्रत्येक महिना चारदेखि पाँच जना योग शिक्षक हेर्ने गरेको बताउँछन्।
शरीरले प्रतिरोध गर्दागर्दै ‘निर्धारित’ आसनमा शरीरलाई धकेल्ने मानिसहरूमा त्यस्तो समस्या देखा पर्ने गरेको उनी बताउँछन्।
आफूले भेट्ने आधा जस्तो शिक्षकहरूलाई जोर्नीमा समस्या नपर्ने गरी ‘निर्धारित’ योग आसन कसरी बस्ने भन्ने बारे सल्लाहको आवश्यकता रहेको उनी बताउँछन्।
तर जटिल समस्या भएकाहरूले भने शल्यक्रिया नै गर्नुपर्ने हुन सक्छ।
२२ वर्षदेखि फिजियोथेरापिस्टका रूपमा कार्यरत म्याथ्युजले पछिल्लो आठ वर्षदेखि कम्मर र घुँडासम्बन्धी विषयमा आफूलाई केन्द्रित गरेर अध्ययन अघि बढाएका छन्।
‘हामी सबैलाई योगको फाइदा बारे थाहा छ। म पनि योग गर्छु’, उनले भने,’तर योगका कारण चोट पनि लाग्न सक्छ। यसलाई हामीले बेवास्ता गर्नु हुँदैन।’
‘म योगको विरोध गर्न चाहन्नँ। यो हजारौँ वर्षदेखि प्रचलनमा छ। तपाईँले आफैँ बुझ्नुपर्ने हुन्छ’, उनले थपे।
मिश्रण गर्नुस्
म्याथ्युजका अनुसार योग शिक्षकहरूले गर्ने अभ्यास र उनीहरूले नगर्ने अन्य प्रकारका व्यायामले विकसित हुने समस्याबारे वर्णन गर्छ।
‘उनीहरूले हप्ताको छ दिन योग गरेको हुन सक्छ। अन्य प्रकारको व्यायाम नगरी योग नै आफूहरूका लागि पर्याप्त छ भन्ने उनीहरूलाई लागेको हुन सक्छ’, उनी भन्छन्।
‘जसरी एउटै चीज बारम्बार गर्नाले समस्या पर्न सक्छ योगमा पनि त्यो लागु हुन्छ। तपाईँले विभिन्न प्रकारका व्यायाम मिश्रित तरिकाले गर्नु उचित हुन्छ।’
नटाली गार्टसोरले योग सिकाउन सुरु गरेको १६ वर्ष भयो।
योगको लोकप्रियता बढ्दै जाँदा यसको अत्यधिक अभ्यास आफ्नो सफलताको सिकार भएको उनको बुझाइ छ।
४५ वर्षीया उनको पाँच वर्षअघि योगा गर्नै क्रममै कम्मरको कुर्कुरे हड्डी च्यातियो।
हालका दिनमा भने उनी आफ्नो कामको बोझको व्यवस्थापन गर्छिन् र सप्ताहान्तमा काम गर्दिनन्।
तर नयाँ योग्य योग शिक्षकहरूलाई भने त्यस्तो गर्न कठिन हुने उनी बताउँछिन्। ‘उनीहरूले एकै दिनमा पाँच वटा कक्षा सञ्चालन गरी रहेका हुन्छन्। सप्ताहान्तमा समेत उनीहरू काम गर्छन्’, उनले भनिन्।
बीबीसी





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित