प्रा. डा. कोइराला मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त
काठमाडौं : प्रा. डा. भगवान कोइराला मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त भएका छन्। आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले कोइरालालाई काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो।
प्रा.डा. कोइराला मुटुरोगका अब्बल चिकित्सक मानिन्छन्। यसअघि उनी शहीद गंगालाल हृदयरोग उपचार केन्द्र र त्रिवि शिक्षण अस्पतालको निर्देशक भइसकेका छन्। हाल उनी मनमोहन कार्डियो भाष्कुलर तथा ट्रास्पलान्ट सेन्टरमा कार्यरत छन्।
काउन्सिल अध्यक्षको कार्यकाल ४ वर्षको छ। यसअघि काउन्सिलका अध्यक्ष प्रा.डा. धर्मकान्त बाँस्कोटाको पदावधि सकिएपछि काउन्सिलको अध्यक्ष पद खाली थियो।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा