नर्सिङ संघको निर्वाचन पुसमा
काठमाडौं : नर्सहरूको छाता संगठन नेपाल नर्सिङ संघको नयाँ कार्य समितिको निर्वाचन आगामी पुस ९ गते हुने भएको छ। संघको १९औँ कार्यसमितिको निर्वाचन निर्धारित समयभन्दा करिब डेढ वर्ष ढिला गरी हुन लागेको हो।
आगामी मंसिर ९ गतेसम्म सदस्यता दर्ता गर्न संघले समयसीमा निर्धारण गरेको छ। निर्वाचन सम्पन्न गर्न निर्वाचन समितिको संयोजकमा लक्ष्मी राईलाई तोकेको छ।
संघमा हाल करिब १३ हजार नर्स आबद्ध छन्। नेपाल नर्सिङ काउन्सिलमा दर्ता हालसम्म ५५ हजार ५३५ नर्स र ३३ हजार ४६७ अनमी छन्।
संघीय संरचनाअनुसार संघको नयाँ नेतृत्व चयन हुने संघका अध्यक्ष प्रा तारा पोखरेलले जानकारी दिइन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा