समायाेजनकाे असर : जिल्ला अस्पतालमै छैनन् चिकित्सक
सोलुखुम्बु : जिल्ला अस्पताल फाप्लु चिकित्सकविहीन बनेको छ। प्रदेश सरकारले डाक्टर नपठाउँदा सामान्य रोगको उपचार समेत नहुने भएको हो
बिरामीलाई ओखलढुंगाको मिसन अस्पताल र काठमाडौँ पठाउने गरिएको छ। सोलुखुम्बुमा एक जनाले पनि समायोजनमा नरोज्दा जिल्ला अस्पताल नै खाली हुने अवस्था आएको हो।
तीन चिकित्सक र ४० हाराहारीमा स्वास्थ्यकर्मी रहेको सोलुखुम्बुको जिल्ला अस्पतालमा अहिले दरबन्दीका तीन स्वास्थ्यकर्मी मात्र बाँकी छन्। प्रदेश सरकारको मातहतमा रहेको अस्पतालमा दरबन्दी पनि घटेर अहिले १८ जनामा सीमित भएको छ।
प्रदेश सरकारले गरेको कर्मचारी समायोजनमा यहाँका सबै डाक्टर र स्वास्थ्यकर्मीले अन्यत्रै रोजेकाले अस्पताल चिकित्सकविहीन बनेको हो। अस्पतालमा प्रसूति सेवासमेत नहुँदा जिल्लाका विकट ठाउँका गर्भवती ओखलढुंगा धाउन बाध्य छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित