नेपाल क्यान्सर हस्पिटलमा एक महिना निःशुल्क ओपीडी सेवा
काठमाडौं : हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरले नोभेम्बर महिनाका केही दिन निःशुल्क ओपीडी सेवा दिने भएको छ।
नोभेम्बर महिना विश्वभर फोक्सोको क्यान्सर सचेतना महिनाका रूपमा मनाइन्छ। यही अवसर पारेर अस्पतालले नोभेम्बर महिनाको १३ दिन निःशुल्क ओपीडी सेवा दिन लागेको हो।
नेपालमा पुरुषहरूमा फोक्सोको क्यान्सर पहिलो नम्बरमा पर्छ। फोक्सोको क्यान्सरको प्रमुख कारण चुरोटको प्रयोग हाे। फोक्सोको क्यान्सर शुरुकै अवस्थामा पत्ता लागे निको हुने भए पनि धेरै बिरामी अन्तिम अवस्थामा मात्र अस्पताल पुग्ने गर्छन्।
फोक्सोको क्यान्सरका लक्षणहरूः
लगातार खोकी लागिरहनु
खकारमा रगत देखिनु
छाती, पछाडि वा कुममा दुखाइ हुनु जो खोक्दा, हाँस्दा वा लामो सास फेर्दा अझ बढी दुख्नु
श्वासप्रश्वासमा समस्या हुनु
अचानक वजन घट्दै जानु
थकित वा कमजोर महशुस हुनु
भोक कम लाग्नु
छाती घ्यारघ्यार गर्नु
फोक्सोको संक्रमण जस्तै ब्रोन्काइटिस वा निमोनिया हुनु, निको नहुनु।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण