स्वास्थ्य बिमाले अस्पताल पुग्ने बिरामीको संख्या दोब्बर
अर्घाखाँची : स्वास्थ्य बिमा लागू भएपछि अस्पताल पुग्ने बिरामीको संख्या दोब्बर बढेको छ। सन्धिखर्क अस्पतालमा दैनिक २० देखि २५ आउने गरेकोमा बिमा कार्यक्रम लागु भएपछि अहिले ८० देखि ९० पुग्ने गरेका छन्।
जिल्लामा २०७५ जेठ १४ मा स्वास्थ्य बिमा कार्यक्रम शुरु भएको थियो। अस्पतालका अनुसार आर्थिक वर्ष ०७५\७६ मा १२ हजार सात सय ९१ जनाले स्वास्थ्य जाँच गराएका थिए। आर्थिक वर्षको ०७६\७७ सालकाे साउन, भदौ र असोज महिनामा नौ हजार आठ सय ८० बिरामीले जाँच गराएका छन्।
अस्पतालमा ल्याब, भिडियो एक्स–रे, एक्स–रे, निम्बुलाइजरलगायत सेवा उपलब्ध छ। चेकजाँचको सुविधा पाए पनि औषधि नपाएको गुनासो गरेका छन्। औषधि र सलाइनसम्म पनि बाहिर क्लिनकमा किन्नुपरेको उनीहरूकाे भनाइ छ।
जिल्लामा रहेका स्वास्थ्य संस्थाहरूले बिमा दाबी गरेबापतको रकम सहज रूपमा भुक्तानी गरेको स्वास्थ्य बिमा बोर्ड अर्घाखाँचीका प्रमुख डिकेन्द्रबहादुर विष्टले बताए। स्वास्थ्य संस्थाहरूलाई औषधि व्यवस्थापन गर्न आग्रह गरेको उनको भनाइ छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण