स्वयंसेवी चिकित्सक विदामा बसेपछि जिल्ला अस्पतालकाे प्रसूति सेवा ठप्प
सङ्खुवासभा : जिल्ला अस्पतालमा निक साइमन नामक संस्थाका चिकित्सक बिदामा बसेपछि प्रसूति सेवा बन्द भएको छ। यो संस्थाका सबै चिकित्सक एकैपटक बिदामा बसेको अस्पताल प्रशासनले जनाएको छ ।
निःशुल्क रूपमा सेवा दिँदै आएको यो संस्थाका चिकित्सक एकै पटक बिदामा बसेपछि सेवा प्रभावित भएको छ । अस्पताल रित्तै पारेर चिकित्सक बिदामा हिँडेका छन्। संस्थाले सुरक्षित मातृत्व सेवाका लागि जिल्ला अस्पताल खाँदबारीमा दुई जना चिकित्सक नियुक्त गरेको थियाे।
सुरक्षित मातृत्व सेवाका चिकित्सक घर बिदामा गएपछि प्रसूति सेवा अवरुद्ध भएको अस्पताल प्रशासन शाखाका दीपेश श्रेष्ठले जानकारी दिए। । यही कात्तिक ८ गते एकैसाथ चिकित्सक बिदामा बसेपछि पाँच दिनमा ६ जनाभन्दा बढी गर्भवतीलाई अन्यत्र ‘रिफर’ गरिएको छ। शल्यक्रियाबाट सुत्केरी गराउने सेवा बन्द हुँदा समस्या भएको स्थानीयवासीको भनाइ छ।
चिकित्सक नभएपछि प्रसूति सेवा गराउन आउने सेवाग्राही मारमा परेका छन्। अहिले दैनिक पाँच जनाभन्दा बढी प्रसूति सेवा लिन आउने गरेको जिल्ला अस्पतालको तथ्याङ्कमा उल्लेख छ। प्रसूति सेवा लिन सङ्खुवासभा, भोजपुरको षडानन्द नगरपालिका, साल्पा सिलिच्छो गाउँपालिका र धनकुटाको महालक्ष्मी नगरपालिकाबाट समेत आउन गरेका छन्।
जिल्ला अस्पतालमा चौबिसै घण्टा प्रसूति सेवा अवरुद्ध भएपछि लाखाैँ रकम खर्चेर धरान, विराटनगर र इटहरी जानुपर्ने बाध्यता छ। पाँच दिन दिनदेखि अस्पतालमा प्रसूति सेवा प्रभावित हुँदै आए पनि अस्पतालले चिकित्सक व्यवस्थापनका लागि चासो देखाएको छैन।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त