प्रधानमन्त्री ओलीलाई आजै डिस्चार्ज गरिने
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको डिस्चार्ज आजै राती गरिने उनी उपचाररत ग्रान्डी अस्पतालले जनाएको छ। विहबिार पत्रकार सम्मेलन गर्दै अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएकोले आजै डिस्चार्ज गर्न लागिएको बताए ।
उनले प्रधानमन्त्री ओलीको दुई पटक हेमोडायलाइसिस गरिएको समेत जानकारी दिए । प्रधानमन्त्री ओलीको १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । केही समय यता प्रत्यारोपण गरेको मिर्गौलामा पुन समस्या आउन थालेपछि उनी सिंगापुर गएर उपचार गरेर आएका थिए । प्रधानमन्त्री ओलीको मिर्गौलामा बुधबार पुन समस्या आएपछि उनी ग्रान्डी अस्पताल भर्ना भएका थिए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा