१० वर्षभित्र कुपोषण दर १५ प्रतिशतमा झार्ने लक्ष्य
काठमाडौं : राष्ट्रिय योजना आयोगले सन् २०३० पाँच वर्षमुनिका बालबालिकाको कुपोषण दर १५ प्रतिशतमा झार्ने लक्ष्यप्राप्तिका लागि काम भइरहेको जानकारी दिएको छ । त्यसका लागि सचेतना र ठूलाे लगानी आवश्यक रहेको आयोगले बताएकाे छ ।
सन् २०१६ मा गरिएको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले नेपालमा पाँच वर्षमुनिका बालबालिकामध्ये ३६ प्रतिशत कुपोषित रहकाे देखाएकाे थियाे।
राष्ट्रिय तथ्यांक विभागकाे तथ्यांकअनुसार सन् २०१६ मा पाँच वर्षमुनिको जनसंख्या २८ लाख ४४ हजार ९ सय ४८ छ। यसमध्ये कुपोषित बालबालिकाको संख्या १० लाख २४ हजार १८१ छ ।
यसैबीच १८ कात्तिकदेखि २१ सम्म काठमाडौंमा आयोजना हुने पोषणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका लागि तीव्ररूपमा तयारी भइरहेकाे छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा