‘प्रदेश २ मा मातृ र बाल स्वास्थ्यको अवस्था नाजुक’
राजविराज : स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रदेश २ मा मातृ र बाल स्वास्थ्यको अवस्था नाजुक रहेको बताएका छन्।
प्रेस नेपाल सप्तरीले बिहीबार राजविराजमा गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री यादवले बाल मृत्युदर र गर्भवती तथा सुत्केरीको अवस्थामा हुने जटिलताको कारण मृत्यु हुनेको संख्या प्रदेश २ मा उच्च रहेको बताएका हुन्।
उनले नयाँ स्वास्थ्य नीतिअनुसार सरकार हरेक नेपालीलाई सुलभ स्वास्थ्य सेवा पुर्याउने उद्देश्यका साथ अस्पतालहरूकाे विकास गरिरहेको बताए।
मन्त्री यादवले प्रदेश २ को राजविराजकाे रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, सिरहाकाे क्यान्सर अस्पताल, वीरगञ्जकाे विशिष्ट सुविधासहितको अस्पताल र जनकपुर अञ्चल अस्पताललाई प्रादेशिक अस्पताल बनाउने याेजना रहेको बताए ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताललाई ४२० शय्याको अस्पताल बनाउनेगरी काम भइरहेकाे उनकाे भनाइ छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा