Health TV Online
Health TV Online
Health TV Online

दुई करोडमा बनेको अस्पताल भवन प्रयोगविहीन

दुई करोडमा बनेको अस्पताल भवन प्रयोगविहीन

भाेजपुर : षडानन्द नगरपालिका–७ गढीगाउँमा भारतीय सहयोगमा निर्माण भएको १५ शय्याको दिङ्ला अस्पताल सञ्चालनमा नआउँदा जीर्ण बनेको छ।

अस्पताल संरक्षण तथा सञ्चालनको सम्पूर्ण जिम्मा पाएको षडानन्द नगरपालिकाको उदासिनताका कारण अस्पताल अहिले भत्किन थालेको स्थानीयवासीले बताएका छन्। दुई करोड ४५ लाख १७ हजार १५८ को लागतमा महादेव खिम्ती पोखरे कालिका निर्माण सेवा जेभी काठमाडौँले छ वर्ष लगाएर गत असारमा निर्माण सम्पन्न गरेको सो अस्पताल भवनको संरक्षण हुन नसक्दा अहिले भत्किन थालेको छ।

संरक्षणको अभावमा अस्पताल भवनको पूर्वपट्टि रहेको गेटको पिलर र दक्षिण भागमा रहेको बाहिरी पर्खाल भत्किएको छ। भारतीय राजदूतावासका प्रतिनिधि वेदप्रकाशको उपस्थितिमा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण खड्काले नगरपालिकाका प्रमुख वीरबल राईलाई २०७५ मङ्सिर २८ गते भवनको ताला, चाबी जिम्मा लगाइसकेको नगरपालिकाका सूचना अधिकारी केशव गुरागाईँले जानकारी दिए।

नेपाल सरकारको नीतिअनुसार एक स्थानीय तहमा एक अस्पताल बनाउने लक्ष्यअनुरूप भारतीय सहयोगमा अस्पताल निर्माण भएकाले अब त्यसलाई चाँडै सञ्चालनमा ल्याउने नगरप्रमुख राईले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार