क्यान्सर पीडितलाई चार लाख रुपैयाँ सहयोग
बागलुङ : आन्द्राको क्यान्सर भएका काठेखोला गाउँपालिका–३ धम्जाका गणेश खत्रीको उपचारका लागि चार लाख रुपैयाँ सहयोग जुटेको छ।
मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार गराइरहेका खत्रीको उपचारका लागि देश तथा विदेशमा सञ्चालित सहयोग सङ्कलन अभियानबाट सो रकम जुटेको हो।
सङ्कलित रकम हस्तान्तरण गरिएको खत्रीको उपचारमा संलग्न नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल श्रीषले जानकारी दिए। पत्रकार श्रीष, काठेखोला गाउँपालिका–३ का वडासदस्य खुम भण्डारी, युवा व्यवसायी ओम केसीलगायतले विदेशमा रहेका आफन्तमार्फत सहयोग सङ्कलन अभियान चलाएका हुन्।
खत्रीको उपचारार्थ जापानबाट कलाकार सूर्य खड्कालगायतको पहलमा दुई लाख, कोरियाबाट मनोज थापाको पहलमा ९० हजार र साउदी अरबबाट चित्र भण्डारीको पहलमा ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको अभियन्ता श्रीषले बताए।
भारतको सिलोङमा काम गर्दै आएका खत्रीको उपचारमा चार लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको श्रीमती सावित्राले बताइन्।
रासस





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण