बागलुङमा प्रभावकारी बन्दै स्वास्थ्य बिमा
बागलुङ : नेपाल सरकारले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रम बागलुङमा पनि प्रभावकारी बनेको छ।
जिल्लामा २०७३ असारमा देखि शुरु भएको सो कार्यक्रममा हालसम्म ५२ हजार २०८ जना आबद्ध रहेको स्वस्थ्य बिमा बोर्ड कार्यालयका दर्ता अधिकारी जमुना शर्माले जानकारी दिइन्। जिल्लाका दश स्थानीय तहमध्ये बागलुङ नगरपालिकामा बिमा गर्नेको संख्या बढी रहेको उनले बताइन्।
जिल्लामा आर्थिक रूपमा विपन्न र गरिब समुदायका बिरामीले औषधि उपचारमा ठूलो राहत महसुस गर्न थालेका छन्। धवलागिरि अञ्चल अस्पतालमा कमै मात्रमा बिरामी आउन गरेकामा सो कार्यक्रम लागू भएपछि बिरामीको संख्या तेब्बरले बढेको अञ्चल अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले बताए।
पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक तीन हजार ५०० रुपैयाँ तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएकाको हकमा प्रतिसदस्य ७०० रुपैयाँका दरले शुल्क बुझाई बिमा गरेपछि एक वर्षका लागि बिमा गरेका परिवारका सदस्यको वार्षिक रूपमा एक लाख रुपैयाँसम्म उपचार खर्च निःशुल्क हुने व्यवस्था छ।
बिमा गरेपछि प्राइभेट क्लिनिक जाने बिरामी सरकारी अस्पताल तथा स्वास्थ्यचौकी जाने प्रचलनसमेत बढेको छ। स्वास्थ्य बीमा कार्यक्रम लागू हुँदासाथ आम सर्वसाधरण जनता अनभिज्ञ भए पनि हाल आएर बिमा गराउन फोन गरेरै बोलाउने गरेको दर्ता सहयोगी सरिता शर्माले बताए।
अति गरिब तथा ७० वर्ष नाघेका वृद्धवृद्धालाई सरकारले नै बिमा रकमवापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित