‘आयुर्वेदलाई जीवनयापनको अंग बनाऔँ’
काठमाडौं : आयुर्वेदका विज्ञ तथा जानकारहरूले आयुर्वेद र प्राकृतिक चिकित्सालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
धनवन्तरि जयन्ती एवं राष्ट्रिय आरोग्य दिवसको अवसर पारेर धनवन्तरि आयुर्विज्ञान अध्ययन संस्थान तथा अस्पतालले बानेश्वरमा शनिबार गरेको कार्यक्रममा वक्ताहरूले आयुर्वेदलाई जीवनयापनको अंग बनाउनुपर्ने बताएका हुन्।
आयुर्वेद विभागका प्रवक्ता डा. मुनकर्ण थापाले आयुर्वेदको इतिहास लामो रहेको भन्दै विशेषगरी नसर्ने रोगहरूको उपचारमा प्रभावकारी रहेको बताए। कुनै ‘साइड इफेक्ट’विनै उपचार गर्न सकिने भन्दै उनले जनमासनमा यसकाे प्रभावकारिताबारे चेतना फैलाउन आवश्यक रहेकाे धारणा राखे।
नेपाल आयुर्वेद चिकित्सा परिषद्का रजिस्ट्रार डा. नारायण श्रेष्ठले नेपालमा आयुर्वेदको विकास सोचेजस्तो रूपमा हुन नसकेको बताए।

कार्यक्रममा ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले जडिबुटीको अथाह भण्डार भएर पनि नेपालले महत्त्व बुझ्न नसकेको बताए। यहाँ रहेका जडिबुटीबाट स्वास्थ्यरक्षा गर्ने त छँदैछ, ‘यहाँ रहेका जडिबुटी विदेश निर्यात गर्न सक्यौँ भने पनि नेपााल सम्पन्न बन्नसक्छ।’
उनले जीवनशैली र खानपानकै कारण शारीरिकदेखि मानसिक रोग फैलिएको भन्दै योग, आयुर्वेद र प्राकृतिक चिकित्सालाई जीवनयापनको अंग बनाउनुपर्ने बताए।
संस्थानका निर्देशक दलबहादुर जीसीले स्थापना भएको चार महिनामै निजी क्षेत्रको ठूलो आयुर्वेदिक अस्पताल भनेर गर्व गर्ने अवस्थामा आएकाे बताए।






डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित