‘आयुर्वेद गुणस्तरीय जीवन जिउन सिकाउने उपचार पद्धति’
काठमाडौं: आयुर्वेदका बारेमा भ्रम फैलाउने काम भएको भन्दै विशेषज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। धन्वन्तरि दिवसको अवसर पारेर आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आयोजना गरेको कार्यक्रममा उनीहरूले आयुर्वेद गुणस्तरीय जीवन जिउन सिकाउने उपचार पद्धति भएकाले भ्रममा नपर्न आग्रह समेत गरे।
कार्यक्रममा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले आयुर्वेद आफैँमा एक विशिष्ट परापूर्व कालदेखि चल्दै आएको मौलिक चिकित्सा पद्धति भएकाले यसमा कसैले खोट लगाउन नहुने बताए । उनले भने, ‘व्यक्तिले बदमासी गर्नसक्छ। तर आयुर्वेद नै खराब भन्नु यो विधालाई नबुझ्नु हो ।’
कार्यक्रममा आर्युर्वेद चिकित्सक संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीले केही एलोपेथिक डाक्टरले सुनियोजित रूपमा आयुर्वेदबारेमा नकारात्मक टिप्पणी गर्दै आएको भन्दै यसको पछि नलाग्न आग्रह गरे ।
उनले आर्युवेदले रोग निको बनाउने मात्र नभई निरोगी कसरी हुने भन्ने तर्फ पनि जोड दिने गरेको बताए । कार्यक्रममा आर्युर्वेदका चिकित्सकहरुले नसर्ने रोगमा आयुर्वेद असाध्यै प्रभावकारी रहेको भन्दै यसको महत्त्वकोबारेमा मन्तव्य राखेका थिए ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त