संस्थागत सुत्केरी गाउँपालिका घोषणा
पाल्पा : पूर्वखोला गाउँपालिकालाई प्रदेश नं ५ कै पहिलो पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको छ। बिहीबार प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले औपचारिकरूपमा पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरेका हुन्।
मन्त्री बरालले पूर्ण संस्थागत सुत्केरी गाउँपालिकाको प्रमाणपत्र गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापालाई हस्तान्तरण गर्दै प्रदेश नं ५ कै पहिलो पूर्ण संस्थागत सुत्केरी गाउँपालिका गराउन सफल भएकोमा गाउँपालिकालाई धन्यवाद दिए।
गाउँपालिकाभित्र गत आर्थिक वर्षमा ३१० सुत्केरी भएकामा पूर्वखोलाका विभिन्न स्वास्थ्य संस्थाबाट १६९ र अन्य स्वास्थ्य संस्थाबाट १४१ रहेको स्वास्थ्य उपसंयोजक मोहन ढकालले जानकारी दिए। वडा नं १ मा ८५, वडा नं २ मा ४५, वडा नं ३ मा ४५, वडा नं ४ मा ४०, वडा नं ५ मा ५७ र ६ मा ३८ जना गएको आर्थिक वर्षमा स्वास्थ्य संस्थामा सुत्केरी भएको पाइएको छ।
गत वैशाख २३ गते वडा नं ५ वीरकोटबाट पूर्ण संस्थागत सुत्केरी वडा घोषणा शुरु गरेको गाउँपालिकाले भदौ ३ गते वडा नं ३ रिङनेरह, भदौ २४ गते वडा नं ६ को हेक्लाङ, असोज ११ गते वडा नं २ जल्पा र असोज १५ गते वडा नं ४ लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेको थियो।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा