तिहारले पाँच दिन पछि सर्याे डा. केसीकाे अनशन
काठमाडौं : प्रा.डा. गोविन्द केसीले सत्याग्रहको कार्यक्रम कात्तिक १८ गते सारेका छन्।
असोजको अन्तिम साता त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट अवकाश लिँदै गर्दा डा. केसीले ६ बुँदे माग राख्दै कात्तिक ८ गतेसम्म पूरा नभए १३ गतेदेखि अनशन बस्ने घोषणा गरेका थिए। नेपाली हिन्दु धर्मावलम्बीको दोस्रो ठूलो चाड तिहारका कारण संघर्षको कार्यक्रम केही दिन पर सारेको उनले बताएका छन् ।
चिकित्सा शिक्षामा सुधारको माग राख्दै केसी लामो समयदेखि संघर्षरत छन्। यसअघि उनी १६ पटकसम्म अनशन बसिसकेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा