Health TV Online
Health TV Online
Health TV Online

चितवनमा डेंगुले एकजनाको मृत्यु

चितवनमा डेंगुले एकजनाको मृत्यु

चितवन : डेंगुका कारण चितवनमा एकको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार चितवन मेडिकल कलेजमा उपचाररत ३१ वर्षीया एक महिलाको मृत्यु भएको हो।

कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार लमजुङ दूधपोखरी–२ विचौर स्थायी घर भई नवलपुरको गैँडाकोट निवासी सरस्वती न्यौपानेको साेमबार बिहान उपचारको क्रममा मृत्यु भएको हो।

यसअघि एक जनाको डेंगु र एक जनाको डेंगु एवं स्क्रबटाइफसबाट मृत्यु भएको थियो। हालसम्म जिल्लामा ज्वरो आएका १३ हजार ८७७ जनाको डेंगु परीक्षण गर्दा चार हजार २८० जनामा संक्रमण देखिएको छ।

भदौको तेस्रो र अन्तिम साता प्रकाेपको रूपमा देखा परेको डेङ्गु क्रमशः घट्दै गएको राससले जनाएकाे छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार