स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई खानेतेल र नुन उपहार
जाजरकोट : कुनै समय असुरक्षित तरिकाले घर, खेत र मेलापातमै बच्चा जन्माउने नलगाड नगरपालिका–३ का महिला अहिले स्वास्थ्य संस्थामै सुत्केरी हुने गरेका छन्।
असुरक्षित तरिकाले सुत्केरी हुँदा अकालमा ज्यान जानसक्ने तथ्य बुझेपछि गर्भवती महिला स्वास्थ्य संस्थामा आएर सुरक्षित तरिकाले सुत्केरी हुन थालेका हुन्। जनचेतनाको विकासका साथै सङ्घीय सरकार र स्थानीय सरकारले यातायात खर्चका साथै खानेतेल दिन थालेपछि स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेको संख्या बढेको हो।
सरकारले स्वास्थ्य संस्थामा आएर सुत्केरी हुँदा यातायात खर्च दुई हजार र चारपटक गर्भ जाँच गराउँदा थप ८०० रुपैयाँ भत्ता दिने गरेको छ। नलगाड नगरपालिकाले स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने महिलालाई थप एक हजार रुपैयाँ भत्ता दिने गरेको छ। भत्ताका साथै नगरपालिकाले सुत्केरीलाई डेढ लिटर खानेतेल, आयोडिनयुक्त नुन एक केजी, साबुन, ब्रस, पेन्टी, प्याड, न्यानो कपडालगायतका सामग्री दिने गरेको छ।
नियमित गर्भजाँच र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई डेढ लिटर खानेतेल, आयोडिनयुक्त नुन एक केजीसहित विभिन्न सामग्री उपलब्ध गराउँदै आएको नगरपालिकाले जनाएको छ।
संघीय र स्थानीय दुवै सरकारले भत्ता दिन थालेपछि धेरैजसो गर्भवती महिला स्वास्थ्य संस्थामै आएर सुत्केरी हुने गरेको स्वास्थ्यचौकी कैनाका रामेश्वर रानाले बताए। वडा नं ३ मा गत आर्थिक वर्षमा सुत्केरी भएका ५४ महिलामध्ये ५१ जना स्वास्थ्य संस्थामा आएका रानाले जानकारी दिए। अन्य तीन जना जिल्ला अस्पतालमा गएर सुत्केरी भएको उनकाे भनाइ छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा