कात्तिक १८ गतेदेखि काठमाडौंमा पाँचौँ पोषण विश्व सम्मेलन
काठमाडौं : पोषण र खाद्य सुरक्षाका लागि यही कात्तिक १८ गतेदेखि २१ गतेसम्म काठमाडौंमा पाँचौँ पोषण विश्व सम्मेलन आयोजना हुने भएको छ। राष्ट्रिय योजना आयोगले नेपालमा पहिलो पटक सो सम्मेलन आयोजना गर्न लागेको हो।
‘पृथ्वी र मानवजाति दुवैलाई पोषित गर्ने’ नारामा केन्द्रित रहेको सो सम्मेलनमा नेपालसहित विश्वका ८० देशका एक हजार २०० जनाको सहभागिता रहने आयोगका सहसचिव एवं प्रवक्ता डा. किरण रूपाखेतीले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिए।
पोषणका बारेमा भएका असल अभ्यास तथा सिकाइका अनुभव आदानप्रदान, उपलब्धि समीक्षा तथा अगामी दिनमा रणनीतिका बारेमा सम्मेलनमा सहभागी देशका बीचमा छलफल हुने प्रवक्ता डा. रूपाखेतीले बताए।
साथै सम्मेलनमा कुपोषण न्युनीकरणका लागि सहभागी देशका बीच थप प्रतिबद्धता गरिने र दिगो विकास लक्ष्यअन्तर्गत कुपोषणका सूचकको लक्ष्यअनुसार प्रगति प्राप्त गर्न थप सहकार्य पनि सम्मेलनमा हुनेछ ।
सबै प्रकारका कुपोषण अन्त्य गर्न संयुक्त राष्ट्रसंघको पहलमा यसका सदस्य देशका बीच स्केलिङ अफ न्युट्रेसन अभियान सन् २०१० बाट शुरु भएको थियो। नेपालले सन् २०११ देखि सो अभियानमा सहभागिता जनाउँदै आएको छ । हाल विश्वका ६१ देश सो अभियानमा आबद्ध भइसकेका छन्।
नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार पाँच वर्षमुनिका ३६ प्रतिशत बालबालिका पुड्कोपन, २७ प्रतिशत बालबालिका कम तौल तथा १० प्रतिशत बालबालिका ख्याउटे रहेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित