एमडी, एमएस र एमडीएमएसको प्रवेश परीक्षा शनिबार
काठमाडौं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले स्नातकोत्तर तहको एमडी,एमएस,एमडीएमएसको प्रवेश परीक्षा यही शनिबार सञ्चालन गर्ने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक १ मा न्याम्सलाई नयाँ शैक्षिक सत्र २०७६\७७ का लागि प्रवेश परीक्षा स्थगन गर्न निर्देशन दिएपछि कात्तिक २ गते सञ्चालन गर्ने भनिएको सो तहको परीक्षा स्थगन भएको थियो।
न्याम्सले मन्त्रालयको निर्देशनअनुसार कात्तिक ९ गते शनिबार प्रवेश परीक्षा सञ्चालन हुन लागेको जानकारी दिएकाे छ। नयाँ शैक्षिकसत्रका लागि नेपाल मेडिकल काउन्सिलले न्याम्सलाई एमडी, एमएस, एमडीएमएस ११५ र डीएम\एमसीएचतर्फ २१ सिट अध्यापन गर्न स्वीकृति दिएको थियो।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा