आयोडिन नुनकाे प्रयोग बढ्याे
जाजरकोट : गाउँ–गाउँमा डिपो सञ्चालन भएपछि जिल्लामा अहिले आयोडिनयुक्त नुन प्रयोग दर बढेको छ। जिल्लाका ग्रामीण क्षेत्रमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटडेका डिपो स्थापना भएसँगै प्रयोग दर बढेको हो।
जिल्ला पूर्वको नलगाड नगरपालिका–७ दल्ली, पश्चिमको छेडागाड नगरपालिकाको थलह र सदरमुकाम खलङ्गाबाट आयोडिनयुक्त सहुलियत नुन वितरण भइरहेको शाखाका प्रमुख भरत श्रेष्ठले बताए।
पाँच वर्ष पहिले ढिकेनुन मात्र प्रयोग गर्ने जिल्लावासी अहिले आयोडिनयुक्त नुन प्रयोग गर्न पाएपछि खुशी छन्। आयोडिनयुक्त नुन प्रयोगका फाइदा थाहा पाएकै करण पनि प्रयोग दर बढेको हो। आयोडिनयुक्त नुन प्रयोग दर बढेसँगै ढिकेनुन विस्थापित भएको नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताए। मागअनुसार आयोडिनयुक्त सहुलियतको नुन सबैले पाएको उनकाे भनाइ छ।
अझै आयोडिनयुक्त नुनको प्रयोग बढाउन जिल्लाका बारेकोट गाउँपालिका, जुनिचाँदे गाउँपालिकामा डिपो विस्तार गर्नुपर्ने माग उठेको छ। सडक सञ्जालसँग जिल्लाका सबै ठाउँ नजोडिएका कारण अझै आयोडिनयुक्त नुन सर्वसाधारणले पाउन नसकेका हुन्। बारेकोट गाउँपालिकाको मुलसाम, जिरीबाट नलगाड नगरपालिकाको दल्लीमा नुन ल्याउनका लागि दुई दिन लाग्छ।
पश्चिमको थलह बजारमा रहेको डिपोबाट जुनिचाँदे गाउँपालिकामा नुन ल्याउन दुई दिन लाग्छ। त्यस्तै जुनिचाँदे, कुशेगाउँपालिका र बारेकोट गाउँपालिकामा आयोडिनयुक्त नुन वितरण गर्ने डिपो नहुँदा स्थानीयवासी दुई दिन हिँड्न बाध्य छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा