स्वास्थ्यचौकी बनाउन नि:शुल्क जग्गा प्रदान
गुल्मी : चन्द्रकोट गाउँपालिका–७ अन्तर्गत रूपाकोट गाउँमा स्वास्थ्यचौकी निर्माण गर्न एक दाजुभाइले पाँच रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन्।
रूपाकोट घर भएका रहाल युकेमा कार्यरत दाजुभाइ तारानाथ भण्डारी र मोतीराज भण्डारीले गाउँमा स्वास्थ्यचौकी निर्माणका लागि सात लाख रुपैयाँ बराबरको जग्गा किनेर गाउँपालिकालाई हस्तान्तरण गरेका हुन्।
उक्त गाउँमा स्वास्थ्यचौकी निर्माणका लागि जग्गा र भवन नहुँदा वडा कार्यालयकाे भवन प्रयाेग गरिरहेकाे गाउँपालिकाका अध्यक्ष दोर्णबहादुर खत्रीले बताए। स्वास्थ्यचौकीको नाममा जग्गा प्राप्त भएपछि भवन निर्माणका लागि केन्द्रमा माग गरी चाँडै नै स्वास्थ्यचौकी भवन निर्माण गर्ने उनले जानकारी दिए।
रूपाकोटमा स्वास्थ्य संस्थाको आफ्नै भवन नहुँदा त्यहाँ कार्यरत कर्मचारी र स्वास्थ्य परीक्षणका लागि आउने बिरामीले समेत लामो समयदेखि समस्या भोग्दै आइरहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा