डायटरी सप्लिमेन्ट र न्युट्रासिटिकल्स बिरामीलाई सिफारिस नगर्न विभागकाे आग्रह
काठमाडौं : औषधि व्यवस्था विभागले खाद्यपूरक सामग्री (भिटामिन वा टनिक खालका औषधि) बिरामीलाई सिफारिस नगर्न सूचना जारी गरेको छ।
विभागले सूचना जारी गर्दै डायटरी सप्लिमेन्ट र न्युट्रासिटिकल्स गैर कानुनी रूपमा आयात गरी औषधि पसलबाट फर्मास्युटिकल बनावट (ट्यावलेट\क्याब्सुल\सिरप)मा गरी गैरकानुनी रूपमा बिक्री भएको पाइएको भन्दै यस्ता औषधि पैठारी, बिक्री, सञ्चय, परिवहन तथा बिरामीलाई सिफारिस नगर्न सम्बन्धित सबैमा सूचना जारी गरेको छ।
यस्ता औषधि बिक्री भएको पाइए औषधि ऐन २०३५ बमोजिम कारबाही गर्ने पनि विभागले चेतावनी दिएको छ। विभागले यसअघि गत भदौ २ गते पनि विभागमा दर्ता नभएका यस्ता सामग्री बिक्री वितरण नगर्न सूचना जारी गरेको थियो।
हेर्नुहाेस् सूचना–






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा