जाजरकाेटमा बन्दै दुई अस्पताल
जाजरकोट : जिल्लाका दुई निर्वाचन क्षेत्रमा दुई अस्पताल निर्माणको गृहकार्य शुरु भएको छ। जिल्लाको पूर्वी क्षेत्रमा रहेका नलगाड नगरपालिका–७ दल्लीमा १५ शय्याको अस्पताल बनाउने गृहकार्य शुरु भएको छ।
पश्चिमी क्षेत्रलाई केन्द्रित गरेर छेडागाड नगरपालिकामा १५ शय्याको अस्पताल निर्माणका लागि तयारी भइरहेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताए। त्यस्तै लिम्सा र गर्खाकोटमा रहेको स्वास्थ्य संस्थाको स्तरोन्नतिको काम पनि शुरु गर्न लागेको मन्त्री बस्नेतको भनाइ छ।
जिल्ला सदरमुकाममा मात्र सुविधायुक्त अस्पताल भएका कारण ग्रामीण क्षेत्रका स्थानीयवासीले प्रभावकारी सेवा नपाएको भन्दै मन्त्री बस्नेतले दुवै क्षेत्रमा एम्बुलेन्स सेवासहितको अस्पताल स्थापना गर्ने तयारी भएको जानकारी दिए।
त्यस्तै स्वास्थ्य सेवा प्रभावकारी बनाउनका लागि र स्थानीय सरकार सञ्चालनका लागि गति दिन पहिलो चरणमा सबै स्थानीय तहको प्रशासकीय केन्द्र रहेका सडकमा कालोपत्र गर्न लागिएको उनले बताए।
जिल्लाभर भएका स्वास्थ्य संस्थाको प्रभावकारी सेवा र जनशक्ति पदपूर्तिका लागि चासो दिन स्थानीयवासीले मन्त्री बस्नेतलाई आग्रह गरेकाे समाचार राससमा छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित