ताइवानी संस्थाले दिए दुई हजार थान ह्वीलचियर
काठमाडौं : ताइवानका विभिन्न संस्थाले अपांगता भएका व्यक्तिका लागि उच्च गुणस्तरका दुई हजार थान ह्वीलचियर प्रदान गरेका छन्।
ताइवानको चाओ झोँग झी फाउण्डेशन ताइपेइले गरेको कार्यक्रममा सात अशक्त व्यक्तिलाई प्रतिनिधिमूलकरुपमा ह्वीलचियर वितरण गरिएको हो।
प्रतिथान करिब पाँच हजार ६०० रुपैयाँ पर्ने ह्वीलचियर २०० थान काठमाडौँ आइपुगेकाे र सोमबार नै १८० थान विभिन्न जिल्लामा निःशुल्क वितरण गरिएको हो। सो संस्थाले हाल नेपालमा ३० चिकित्सक तथा ९० स्वयंसेवकद्वारा सहयोग गर्दै आएको छ।
फाउण्डेशनका संस्थापक अध्यक्ष चाओ झोँग झीले आफ्नो संस्थाले विश्वका विभिन्न मुलुकमा स्वास्थ्य सेवासहित अपांगता भएका व्यक्तिलाई ह्वीलचियर वितरण गर्दै आएको जानकारी दिँदै नेपालजस्तो गरीब मुलुकका जनता ह्वीलचियरको अभावमा पीडा भोगिरहेकाले यसले केही भए पनि राहत पुग्ने बताए।
रोटरी क्लब अफ नेपालका डिष्ट्रिक गभर्नर किरणलाल श्रेष्ठले ताइवानले नेपाललाई दिएको ह्वीलचियर महत्त्वपूर्ण रहेको भन्दै यसबाट धेरै मानिस लाभान्वित हुने बताउनुभयो।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा