काभ्रेको फलामेसाँघुमा १५ शय्याको अस्पताल बन्ने
काभ्रे : रोशी गाउँपालिका–१ फलामेसाँघुमा १५ शय्याको अस्पताल बन्ने भएको छ। आइतबार बसेको रोशी गाउँकार्यपालिकाको ३८औँ बैठकले संविधानले व्यवस्था गरेअनुसारको गाउँपालिकाभित्र १५ शय्याको अस्पताल निर्माण गर्न पाउने कुरालाई कार्यान्वयन गर्दै नागरिकलाई नजिकबाट सेवा प्रदान गर्न पाउने गरी सो निर्णय गरेको हो।
‘गाउँपालिकाको दुर्गम र विकट क्षेत्रका जनतालाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्यका साथ गाउँकार्यपालिकाको बैठकबाट गाउँपालिकाको वडा नं १ खहरेपाँगुको फलामेसाँघुमा १५ शय्याको अस्पताल निर्माण गर्ने निर्णय गरेका हौँ’, गाउँपालिका अध्यक्ष दलबहादुर लामाले भने।
निर्णयसँगै अब अस्पताल निर्माणको लागि आर्थिक प्रक्रियाको बाटोसमेत खुलेको अध्यक्ष लामाले बताए। त्यसका लागि संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा निर्माण अगाडि बढाउने विषयमा सम्बन्धित निकायसँग छिट्टै छलफल थाल्ने उनकाे छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा