स्वास्थ्यसचिव चौधरीले दिइन् राजीनामा
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले राजीनामा दिएकी छिन्। उनले आजैबाट लागू हुने गरी राजीनामा दिएकी हुन्।
‘मैले आज राजीनामा दिएँ’, हेल्थ टिभी अनलाइनलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भनिन्, ‘हेरौँ कहिले स्वीकृत हुन्छ।’ मैले भने आजैदेखि सरकारी स्वास्थ्य सेवाबाट विश्राम लिएँ।’
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) मा जानकै लागि भने आफूले राजीनामा नदिएको उनले जिकीर गरिन्। ‘यसका धेरै कारण छन्’, उनले भनिन्। उनको राजीनामा स्वीकृत भने भइसकेको छैन।
स्वास्थ्य मन्त्रालयमा हाल चौधरीसहित दुई सचिव छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा