Health TV Online
Health TV Online
Health TV Online

म्याद सकिएकाे भन्दै हजाराैँ मूल्यका औषधि खोलामा

म्याद सकिएकाे भन्दै हजाराैँ मूल्यका औषधि खोलामा

जुम्ला : कनकासुन्दरी गाँउपालिकाको स्वास्थ्य शाखाले म्याद गएको भन्दै खोलामा औषधि फालेको छ।

आ.व. ०७५\७६को वार्षिक कार्यक्रममा खरिद गरेको क्षेत्रीय स्वास्थ्य मेडिकल स्टोर र जिल्ला अस्पताल जुम्लाबाट गाँउपालिकामा आएको हजारौँ मूल्य बराबरको औषधि समयमा स्वास्थ्य संस्थालाई वितरण नगर्दा  म्याद सकिएको हो।

कनकासुन्दरी गाँउपालिका नजिकै रहेको खोलामा मेट, ओबिचेक ५००, सिटामोल, ब्रुफिन, स्लाइनपानीका निडल, पाइप, सुईका निडल, जीवनजल, एन्थर २५०, एभसमका साथै अस्थायी बन्ध्याकरणका सामान कण्डम पिल्सलगायत सयौँ प्रकारका औषधि १० बटा बोरामा हालेर खोलामा फलिएको छ। अन्य औषधि खोलाको किनारमा जलाइएकाे छ।

क्षेत्रीय मेडिकल नेपालगञ्जबाट पठाएको औषधीको म्याद थोरै भएको र सोही औषधीको म्याद गएर खोलामा फालिएको हुनसक्ने गाउँपालिकाले बताएकाे छ। गाँउपालिका भर रहेका स्थास्थ्य सस्थामा औषधीको अभाव हुँदा स्थानीय बिरामी पर्दा निजी मेडिकलबाट औषधि किन्न बाध्य भएका छन्।

गोठिज्यूला, नरकोट, कोटघर, गोच्चौरस्थित निजी मेडिकलमा चर्को मूल्य तिरेर औषधि किन्नु परेको स्थानीयवासीको गुनासोे छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार